`

एकैदिन ११८ जना कारबाहीमा

Nepal One HD २९ जेठ २०८३ १२:१६
अपराध

काठमाडौँ। बितेको २४ घण्टामा उपत्यकामा सवारी नियम उल्लंघन गर्ने २ हजार २२३ जना चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा १८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ९४ जना, नियमविपरीत राइड सेयरिङ सञ्चालन गर्ने १५० जना, ट्राफिक सिग्नल उल्लंघन गर्ने १७७ जना र तीव्र गतिमा सवारी चलाउने ११८ जना कारबाहीमा परेका छन्।

यसैगरी लेन अनुशासन उल्लंघन गर्ने ६१ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १५४ जना, सडक पेटीमा पार्किङ गर्ने ९८ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १२० जना पनि कारबाहीमा परेका छन्।

त्यस्तै अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १ हजार २५१ जनालाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *