`

बुबाको हत्या आमा-छोरा पक्राउ

Nepal One HD ६ असार २०८३ १४:५२
अपराध

काठमाडौं। ४८ वर्षीय सूर्यबहादुर शाहीको हत्या आरोपमा प्रहरीले उनकी श्रीमती र छोरालाई पक्राउ गरेको छ।

सान्नीत्रिवेणी गाउँपालिका–४ मेहलमुडी घर भई हाल सोही गाउँपालिका–९ मुम्रा बस्दै आएका शाही जेठ २७ गते साँझ ८:३० बजे सोही गाउँपालिका–९ सुपेचौरस्थित गोरेटो बाटोमा मृत अवस्थामा फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीका अनुसार अनुसन्धानका क्रममा घटनामा मृतककी श्रीमती र छोराको संलग्नता देखिएपछि दुवैलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार १८ वर्षीय छोरा रुपेश शाही र ४१ वर्षीया आमा राजकला शाहीले जेठ २७ गते साँझ गोरेटो बाटोमा ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका आमा–छोरालाई कालीकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घरायसी विवादका कारण घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *