रास्वपा केन्द्रीय सदस्यमा निर्मल गौतमको उम्मेदवारीको चर्चा
चितवन । रास्वपाका युवा नेता तथा वित्तिय विष्लेषक निर्मल गौतमले रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । लामो समय बैँक तथा वृत्तिय क्षेत्रमा अनुभव बटुलीसकेका गौतमले खुल्ला तर्फबाट केन्द्रिय समितिको सदस्य पदमा उम्मेद्धवारी दर्ता गराएका हुन् । चितवनमा जारी पार्टीको पहिलो महाधिवेशनमा उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
केन्द्रिय सदस्यमा उम्मेदवारी दिनेमध्यमा उनी कम उमेरका र सानै उमेरमा विभिन्न अभियान, नेतृत्व विकास तालिम, संवाद तथा अधिकारमुखी कार्यक्रममार्फत खारिएका युवा नेता हुन् । नेपालमा अधिकारमा आधारित विकासको बहस सान्दर्भिक बन्दै गइरहेका बेला युवा राजनीतिज्ञ गौतमलाई रास्वपाभित्र महत्त्वपूर्ण रूपमा हेरिएको छ। युवाको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म पुर्याउने र नेतृत्वलाई थप सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए । नयाँ पुस्तालाई सक्रिय राजनीतिमा प्रेरित गर्ने उद्देश्यका साथ मैले आफ्नो उम्मेदवारी दिएको हुँ, उनले भने ।
एक सफल वित्तिय विष्लेषकका रुपमा गौतमले काम गर्ने क्रममा सहकारीले सृजना गरेको दुई अर्ब भन्दा बढी रकम करको दायरामा ल्याई कसुर आर्जित सम्पत्तिलाई सरकारको आयमा समेत बृद्धि गर्न उनले उल्लेखनिय भूमिका खेलेका छन् । उनको कामको रास्वपा बृत्तमा निकै प्रशंसा हुने गरेको छ
