रास्वपाको महाधिवेशन नसकिएपछि फेरि स्थगित भयो संसद् बैठक
प्रमुख खबर
काठमाडौं। बिहीबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक रास्वपाको महाधिवेशन जारी रहेकाले फेरि सूचना टाँसेर स्थगित गरिएको छ।
यसअघि शुक्रवार दिउँसो १ बजेसम्मका लागि सारिएको बैठक सञ्चालन हुन नसकेपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने गरी सूचना जारी गरेका हुन्।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ गतेदेखि चितवनको भरतपुरमा जारी छ। नयाँ नेतृत्व चयनको प्रक्रिया लम्बिँदा महाधिवेशन अझै निष्कर्षमा पुग्न सकेको छैन।
महाधिवेशन नसकिएकै कारण प्रतिनिधि सभा बैठक प्रभावित भएको हो।
२७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८ सांसद रहेका छन्।
बैठक अब शनिबार बिहान ११ बजे बस्नेछ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
