`

गालीगलौज मुद्दामा पक्राउ परे पत्रकार खेम भण्डारी

Nepal One HD १८ असार २०८३ ९:३९
अपराध

कञ्चनपुर। कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ स्थित उनको निवासबाट भण्डारीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार जिल्ला अदालत कञ्चनपुरको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला अदालत कञ्चनपुरले २०८२ साल चैतमा गालीगलौजसम्बन्धी मुद्दामा भण्डारीलाई १ वर्ष ७ दिन कैद सजाय तथा १२ हजार १ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

उक्त फैसला कार्यान्वयनका लागि भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *