चक्कु प्रहारबाट एकको मृत्यु
अपराध
रौतहट । रौतहटको ईशनाथ नगरपालिका-३ औरैयामा जग्गासम्बन्धी विवादका क्रममा भएको चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ईशनाथ नगरपालिका-१ बन्जरहाका ६० वर्षीय वुटन साह रहेका छन्। उनी औरैयास्थित आफ्ना ८० वर्षीय ससुरा रामबहादुर साहको घरमा बस्दै आएका थिए।
प्रहरीका अनुसार विवादका क्रममा वुटन साहमाथि चक्कु प्रहार हुँदा उनको पिठ्युमा गम्भीर चोट लागेको थियो। उपचारका लागि उनलाई प्रादेशिक अस्पताल गौर लगिएकोमा चिकित्सकले मंगलबार राति मृत घोषणा गरेका हुन्।
घटनामा उनका ससुरा रामबहादुर साह पनि टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
