भावना आचार्य र प्रताप दासको स्वरमा खानी भातै हो, जानी घाटै होको भिडियो बाहिरियो
मनोरञ्जन भिडियो
काठमाडौँ । गायिका भावना आचार्य र गायक प्रताप दासको स्वर रहेको खानी भातै हो, जानी घाटै हो बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
गायिका भावनाकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा ह्याण्सम मोडल सुरेश कोलीसँग गायिका भावनाले अभिनय गरेकी छिन् । सिर्जन बरालको निर्देशन रहेको भिडियोले प्रेम, रोमान्सका कुरा गर्दै जिन्दगीको उतारचढावको कथा बोलेको छ । भिडियो गायिका स्वयमकै च्यानलबाट बजारमा आएको हो ।
भावनाका यसअघि बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, उडी उडी आ सुवा , मलाई दिउँ दिउँ झै लाउने, लगायतका गीतहरु बजारमा आइसकेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
