`

२१३औँ भानु जयन्ती मनाइँदै

Nepal One HD २९ असार २०८३ १२:३२
फोटोफिचर

काठमाडौं। नेपाल प्रज्ञा प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइरहेको छ।

प्रतिनिधिसभाका सभामुख डीपी अर्यालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा साहित्यकार, प्राज्ञ, लेखक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको छ।

भानु जयन्तीको अवसरमा प्रभातफेरी कार्यक्रमसमेत आयोजना गरियो।

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा,साहित्य र संस्कृतिमा पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ।

तस्वीरहरू:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *