`

‘मास्टर्नी’लाई दुर्गेशले दिए गीत उपहार

Nepal One HD ३१ असार २०८३ १३:१८
चलचित्र

काठमाडौं। चर्चित गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीले ‘दुश्मन हेरेको हेर्‍यै’को सफलतापछि पुनः सांगीतिक सहकार्य गरेका छन्।

यसपटक उनीहरू प्रियंकाले निर्माण गरेको फिल्म ‘मास्टर्नी’ को प्रवर्द्धन गीतमार्फत दर्शकमाझ आएका हुन्।

एक कार्यक्रमबीच सार्वजनिक गरिएको उक्त गीतमा दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको छ। गायनमा उनलाई बबिना किराँतीले साथ दिएकी छन्। यो गीत फिल्मको कथाभित्र समावेश नभई केवल प्रचार–प्रसारका लागि तयार गरिएको निर्माण पक्षले जनाएको छ।

दुर्गेशले फिल्मप्रति शुभेच्छा व्यक्त गर्दै प्रवर्द्धनका लागि उपहारस्वरूप यो गीत तयार पारेको बताए। उनका अनुसार गीत फिल्मको प्रचार अभियानमा मात्र प्रयोग हुनेछ।

गीतको म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रदीप लामाले गरेका छन्। भिडियोमा दुर्गेश थापा र प्रियंका कार्कीसँगै आयुष्मान जोशी तथा आर्यन सिग्देल पनि देखिएका छन्।

आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको ‘मास्टर्नी’ का निर्मातामा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की रहेका छन्।

फिल्ममा प्रियंका कार्कीसँगै सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, विशाल पहारी, प्रमोद अग्रहरी, रक्षा थापा, सिम्रन खड्का, अनुपविक्रम शाही र दिनेश काफ्ले लगायत कलाकारको अभिनय रहेको छ।

‘मास्टर्नी’ आगामी भदौ ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *