`

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारमा को को नियुक्त भए?

Nepal One HD ३१ असार २०८३ १५:०५
शिक्षा

काठमाडौं। सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त भएका छन्।

विश्वविद्यालय सभाले प्रा. डा. सुनिलकुमार जोशीलाई उपकुलपतिमा तथा डा. भीमबहादुर चन्दलाई रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले सहकुलपति तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत योग्यताक्रमसहितको प्रतिवेदन विश्वविद्यालय सभामा पेश गरेका थिए।

उक्त प्रतिवेदनका आधारमा विश्वविद्यालय सभाले जोशीलाई उपकुलपति र चन्दलाई रजिष्ट्रार नियुक्त गरेको जनाएको छ। नयाँ नेतृत्वले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा संस्थागत विकासलाई प्रभावकारी ढंगले अघि बढाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *