आत्मदाह प्रयासपछि राजविराज कारागारमा तनाव
अपराध
राजविराज। सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा कैदीबन्दीको स्थानान्तरण र चौकीदार नियुक्तिको विषयलाई लिएर शनिबार तनाव उत्पन्न भएको छ।
कैदीबन्दीहरूले स्थानान्तरण प्रक्रियासँगै चौकीदार नियुक्तिमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै विरोध जनाएपछि कारागारभित्र तनावको अवस्था सिर्जना भएको हो।
यद्यपि, जिल्ला प्रशासन र प्रहरीले भने विवादको मुख्य कारण चौकीदारको व्यवहार रहेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी हेमराज घिमिरेका अनुसार बिहान सामान्य विवाद भएको भए पनि अहिले अवस्था पूर्ण रूपमा सामान्य रहेको छ।
विवाद बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको डीएसपी घिमिरेले जानकारी दिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
