`

इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

Nepal One HD ९ साउन २०८३ ६:३३
विश्व

जेरुसेलम। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेट्नुहुने जानकारी इजरायली प्रधानमन्त्रीको कार्यालयले दिएको हो।
नेतन्याहुको यो भ्रमण दुई नेताबीच इरानसँगको युद्ध व्यवस्थापनबारे तनाव बढिरहेको बेला हुन लागेको हो।

नेतन्याहुको कार्यालयले जनाएको छ, “प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प ट्रम्पसँग भेट्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा उहाँले दिवंगत अमेरिकी सिनेटर लिन्डसे ग्राहमको अन्त्येष्टिमा भाग लिनुहुनेछ।”प्रधानमन्त्री नेतन्याहु सोमबार वाशिङ्टन प्रस्थान गर्नुहुनेछ । ट्रम्प गत वर्ष अमेरिकी राष्ट्रपतिका रूपमा पुनः निर्वाचित भएपछि यी दुई नेताबीच यो छैटौं भेट हुनेछ ।

उनीहरूबीच निकट सम्बन्ध रहेको छ। प्रधानमन्त्री नेतन्याहुले राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसमा इजरायलको ‘सबैभन्दा ठूलो मित्र’ भनेर प्रशंसा गर्नुभएको छन् ।इरान सम्झौताबारेको जटिल वार्ताका क्रममा ट्रम्पले यस वर्ष आफ्ना सहयोगी नेतन्याहुमाथि दवाव बढाएपछि पछिल्ला महिनाहरूमा उनीहरूको यो गठबन्धनमा तनाव देखिएको समाचारहरू आइरहेको समयमा नयाँ कार्यक्रम तय भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *