`

निर्मल पुर्जाको निधनप्रति रवि लामिछानेको श्रद्धाञ्जली : ‘प्रिय निम्स, फर्किएर भेट्ने वाचा अधुरै रह्यो’

Nepal One HD १७ साउन २०८३ ८:४३
बिशेष

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

सामाजिक सञ्जालमार्फत लामिछानेले निम्ससँग फेरि भेट्ने वाचा अधुरै रहेको उल्लेख गर्दै उनको असामयिक निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन्।

उनले लेखेका छन्, ‘प्रिय निम्स, फर्किएर भेट्ने वाचा थियो। तर तिमी नफर्किने बाटो गएछौ। अब त केवल सम्झनाहरू मात्र बाँकी छन्। तिम्रो अनुपस्थितिले मन भारी भएको छ, तर तिमी र तिम्रो अदम्य साहस सम्झनाका रूपमा सधैँ बाँचिरहनेछ।’

लामिछानेले निम्सको साहस, समर्पण र योगदान सधैँ प्रेरणाको स्रोत रहने विश्वास व्यक्त गर्दै ‘जहाँ भए पनि, तिमी चिरशान्तिमा रहनू’ भनेका छन्।

उनले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका अन्य सबै आरोहीप्रति पनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *