`

हवाई फायर र गोली प्रहारबारे जिल्ला प्रहरी परिसरको पत्रकार सम्मेलन [तस्वीरहरू]

Nepal One HD १७ साउन २०८३ १५:३५
प्रमुख खबर

काठमाडौं। काठमाडौंको बूढानीलकण्ठमा दुई राउन्ड हवाइ फायर र एक राउन्ड गोली प्रहार गरी लुटपाट गरेको आरोपमा प्रहरीले गिरोहका मुख्य व्यक्ति कर्मा तामाङसहित पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलनमार्फत तामाङसहित मनोज तामाङ, आले गुरुङ, पासाङ घिसिङ र प्रतिमान गोले पक्राउ परेको जानकारी दिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरूमाथि बूढानीलकण्ठ क्षेत्रमा हतियार प्रयोग गरी लुटपाटमा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको छ। घटनाबारे प्रहरीले थप विवरण सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

[तस्वीरहरू]


 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *