पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक सञ्चालनमा
प्रमुख खबर
काठमाडौं। पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ।
चितवनको सिमलतालमा सोमबार बिहान माथिबाट लेदो र पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अवरोध हटाउन पहिले नै तयारी अवस्थामा राखिएका हेभी उपकरण र जनशक्ति तत्काल परिचालन गरिएको थियो।
उद्धार तथा सडक सफाइ टोलीले पहिरो पन्छाएपछि बिहान १०ः५० बजेदेखि सडकमा यातायात सञ्चालनमा आएको कार्यालयले जनाएको छ।
सडक सञ्चालनमा आए पनि जोखिम भने पूर्ण रूपमा हटिसकेको छैन। लगातार वर्षा भइरहेकाले सिमलताल आसपासका क्षेत्रमा पुनः पहिरो तथा लेदो खस्ने सम्भावना रहेको सडक डिभिजनले जनाएको छ।
कार्यालयले यात्रु तथा सवारी चालकलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न र सम्भावित जोखिमलाई ध्यान दिँदै सावधानी अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
