‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलो चोटि होइन, ढिला होला, तर गलत हुँदैन – प्रधानमन्त्री
बिशेष
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउनलाई ढिला हुने तर गलत नहुने बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जालमार्फत उनले नआत्तिन आग्रह गर्दै छोटो तर अर्थपूर्ण एक सन्देश सार्वजनिक गरेका छन्।
उनले कुनै विषयलाई लिएर हतारमा निष्कर्षमा नपुग्न आग्रह गर्दै सही समय आउन केही समय लाग्न सक्ने संकेत गरेका छन्।
प्रधानमन्त्री शाहले लेखेका छन् – केही समय लाग्छ, सही समय आउनलाई।
ढिला होला, तर गलत हुँदैन।
नआत्तिनुहोस्।
सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ।
कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
