`

कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्योः मुख्यमन्त्री कार्की

Nepal One HD २८ साउन २०८३ १९:०५
राजनीति

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारलाई नेपाली कांग्रेसले पु¥याएको योगदान र सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा आज स्वीकृत गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको विकास, समृद्धि र सुशासनका लागि कांग्रेसले अहिलेसम्म गरेको सहकार्य महत्वपूर्ण रहेको बताउनुभएको हो । उहाँले कांग्रेससँगको सहकार्य सुमधुर र अत्यन्तै सकारात्मक एवं रचनात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि प्रदेशको विकास तथा समृद्धिका लागि नेपाली कांग्रेसबाट निरन्तर सहयोग र सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि कांग्रेससँग आगामी दिनमा पनि हातेमालो गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच, नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरू मुख्यमन्त्री कार्कीले आफैँसँग राख्नुभएको छ । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका एक राज्यमन्त्रीसहित पाँच जनाको सहभागिता रहेको थियो । मन्त्रिमण्डल चाँडै पुनर्गठन हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकरी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *