`

खगेन्द्र सुनारको बचाउ गर्दै आशिका – ‘भ्रष्टाचारबारे प्रश्न गर्न पनि अनुमति चाहिने हो?’

Nepal One HD २९ साउन २०८३ १९:०९
बिशेष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले भ्रष्टाचारको विषयमा प्रश्न उठाउने सांसदको भाषा र शैलीभन्दा उठाइएको विषयमा केन्द्रित हुन आग्रह गरेकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै तामाङले सांसद खगेन्द्र सुनुवारले संसदीय समितिमा करोडौँ रुपैयाँको भ्रष्टाचारको विषय उठेपछि त्यसबारे प्रश्न गरेको बताएकी छन्।

उनले लेखेकी छन्, ‘भ्रष्टाचारको विषयमा प्रश्न गर्न पनि पर्मिसन चाहिने हो? माननीय खगेन्द्र सुनुवारज्यूले संसदीय समितिमा करोडौँको भ्रष्टाचारको विषय उठेपछि यो के हो? कसरी भयो? भनेर प्रश्न गर्नुभएको हो। That’s it!’

लोकतन्त्रमा प्रश्न गर्न, जवाफ माग्न र छानबिनको माग गर्न पाइने उल्लेख गर्दै तामाङले प्रत्यक्ष निर्वाचित सांसदले करोडौँ रुपैयाँ सार्वजनिक रकमको हिसाब माग्न नपाउने हो भने कसले माग्ने भन्ने प्रश्न गरेकी छन्।

‘भ्रष्टाचारको विषयमा “ज्यू ज्यू” लगाएर मात्रै प्रश्न गर्नुपर्ने हो?’ भन्दै उनले सांसदले कुन शैली वा शब्द प्रयोग गरे भन्ने बहसमा विषयलाई मोड्न नहुने बताएकी छन्।

तामाङले सामाजिक सञ्जालमा लेखेकी छिन् –
भ्रष्टाचारको विषयमा प्रश्न गर्न पनि permission चाहिने हो ?? माननीय खगेन्द्र सुनुवारज्यूले संसदीय समितिमा करोडौंको भ्रष्टाचारको विषय उठेपछि यो के हो ? कसरी भयो ? भनेर प्रश्न गर्नुभएको हो That’s it ! लोकतन्त्रमा Question गर्न पाइन्छ, जवाफ माग्न पाइन्छ, छानबिनको माग गर्न पाइन्छ ! झन् जनताबाट direct elected सांसदले करोडौंको public money को हिसाब सोध्न नपाउने हो भने कसले सोध्ने ?? भ्रष्टाचारको विषयमा “ज्यू ज्यू” लगाएर मात्रै प्रश्न गर्नुपर्ने हो ??
उहाँले कुन tone मा बोल्नुभयो, कुन शब्द प्रयोग गर्नुभयो भनेर debate अर्कोतिर नलैजानुस् ! Main issue भ्रष्टाचार हो ! करोडौंको भ्रष्टाचार भएको हो कि होइन ?? उजुरी परेको हो कि होइन ?? छानबिन भयो कि भएन ?? Just answer the question ! Question गर्ने सांसदको भाषा खोज्ने होइन, करोडौंको हिसाब खोज्ने हो !! चर्काचर्की कुन संसदीय बैठक मा हुँदैन , हामी ले अरु देशको संसदीय अभ्यास नदेखेको हो र? अमेरिका, जर्मनी, बेलायत लगायत देशहरु संसदहरूले निर्भिक बुलन्द भएर आवाज उठाउने गर्छन् , हाम्रो देशमा चाहिँ अलि ठूलो स्वरले बोल्ने बित्तिकै सोमत नभएको सांसद रे


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *