`

सनातन धर्मसम्बन्धी देउवाको अभिव्यक्तिको राप्रपाद्वारा स्वागत, ‘राष्ट्रिय पहिचानको रक्षा गर्नुपर्छ’

Nepal One HD ३१ साउन २०८३ २०:५४
बिशेष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गर्ने निर्णयसहित वक्तव्य दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले त्यसको स्वागत गरेको छ।

राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले वक्तव्य जारी गर्दै देउवाको पछिल्लो कदमले देशका ८१ प्रतिशत हिन्दू तथा समग्र सनातनी समुदायमा नयाँ आशा र विश्वास जगाएको बताएकी छन्।

ओलीले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णय स्पष्ट जनभावना र व्यापक राष्ट्रिय बहसबिनै गरिएको दाबी गर्दै यस विषयमा अझै गम्भीर प्रश्नहरू कायम रहेको उल्लेख गरेकी छन्।

उनका अनुसार देउवाको अभिव्यक्ति केवल व्यक्तिगत आस्थामा सीमित नभई नेपालको मौलिक पहिचान, संस्कृति र ऐतिहासिक निरन्तरतासँग जोडिनुपर्ने विषय हो।

ओलीले देउवाको पछिल्लो धारणा राष्ट्रिय राजनीतिको ‘कोर्स करेक्सन’ बन्नुपर्ने बताएकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *