`

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

Nepal One HD १ भदौ २०८३ १९:४५
राजनीति

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको इजलासले श्रेष्ठलाई हिरासतमा नराखी बाहिरै राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो।

श्रेष्ठलाई साउन २७ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको बागडोलबाट पक्राउ गरेको थियो। उनको पक्राउ गैरकानुनी भएको दाबी गर्दै पत्नी सरस्वतीले साउन २८ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले श्रेष्ठलाई हिरासतबाट मुक्त गर्न आदेश दिएको हो।

सर्वोच्चले श्रेष्ठको घर तथा कार्यालयबाट प्रहरीले बरामद गरेका सबै सामानसमेत फिर्ता गर्न आदेश दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *