`

सभामुखलाई आशिका तामाङको कडा जवाफ- ‘हस्’ भन्दै टाउको हल्लाएर बस्दिनँ

Nepal One HD २ भदौ २०८३ ८:३२
राजनीति

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले सभामुख डोलप्रसाद अर्याललाई कडा जवाफ फर्काएकी छन् ।सभामुखले आफूलाई ‘मर्यादामा बस्न’ निर्देशन दिएको भन्दै तामाङले मर्यादाको नाममा आफू चुप लागेर नबस्ने बताइन् ।

‘मर्यादा भनेको सभामुखज्यूले जे भन्नुहुन्छ, हस् भनेर टाउको हल्लाएर बस्नु मेरो लागि कदापि स्वीकार्य हुने छैन,’ उनले भनिन् ।सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले तामाङलाई मर्यादामा रहेर बोल्न निर्देशन दिएका थिए । आफ्नो आलोचना गरेपछि सभामुख असन्तुष्ट बनेका थिए ।

तामाङले भने ३७ दिनअघि धादिङका एक युवकको शव नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै पहल नभएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् ।

मृतककी श्रीमती र बुबालाई लिएर कहिले मन्त्रालय त कहिले प्रधानमन्त्री कार्यालय धाउँदाको दुःख सम्झिँदै उनले सरकारप्रति प्रश्न उठाइन् ।उनले बालेन नेतृत्वको सरकार जनताप्रति जवाफदेही नभएको आरोपसमेत लगाइन् । जनताको समस्या उठाउँदा आफूलाई मर्यादाको पाठ पढाइनु उचित नभएको उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *