`

रविको चीन भ्रमण फेरि स्थगित

Nepal One HD ७ भदौ २०८३ १३:२०
बिशेष

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण फेरि स्थगित भएको छ ।

अगस्ट दोस्रो साता हुने भनिएको भ्रमण एक महिना पर सारिए पनि सेप्टेम्बर दोस्रो सातामा समेत लामिछाने नजाने भएका हुन् ।

उच्च स्रोतका अनुसार अब चीनमा रास्वपाका सांसदहरूको टोली मात्र जानेछ । सभापति लामिछानेको भ्रमण भने अर्को उपयुक्त मितिमा हुने बताइएको छ । तर, त्यसको मिति अहिलेसम्म तय भइसकेको छैन ।

भारत भ्रमणपछि चीन जाने तयारीमा रहेका लामिछानेको भ्रमण पटक–पटक सर्दै गएको हो । सुरुमा अगस्ट दोस्रो साता हुने भनिएको भ्रमण पछि एक महिनाका लागि सारिएको थियो । पछिल्लो समय सेप्टेम्बर दोस्रो साताका लागि तयारी भए पनि अन्ततः सभापति नजाने टुंगो लागेको स्रोतको भनाइ छ ।

सरकारी स्रोतका अनुसार लामिछानेले पछि अनुकूल समयमा चीन भ्रमण गर्नेछन् । भ्रमणको नयाँ मिति भने आपसी समन्वयपछि तय गरिनेछ ।

यसैबीच, रास्वपा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले भने छिट्टै भारत भ्रमणमा जाने तयारीमा छन् ।

भ्रमणका क्रममा उनले भारतीय उच्च तहका अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *