गोसाईकुण्ड गाउँपालिका अध्यक्ष-उपाध्यक्ष सम्पर्कविहीन
बिशेष
काठमाडौं। रसुवामा आएको भीषण बाढीपछि गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ र उपाध्यक्ष प्रतिमा तामाङ सम्पर्कविहीन भएका छन् ।
बाढीले गाउँपालिकाको टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएपछि बिदामा रहेका शाखा अधिकृत कृष्ण बहादुर बि.कले सम्पर्क गर्न खोजेका थिए।
अध्यक्ष र उपाध्यक्षसँग सम्पर्क हुन नसकेको उनले बताए। पालिका कार्यालय तहसनहस भएको छ।
उनीहरूको अवस्था भने अहिलेसम्म यकिन हुन सकेको छैन । खोजी कार्य जारी छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
