`

भोटेकोशीको बाढी मुग्लिन छिर्दै, त्रिशूली किनार खाली गरिँदै

Nepal One HD १० भदौ २०८३ १२:४७
बिशेष

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीको बहाव धादिङको गल्छी–मलेखु क्षेत्र पार गरिसकेको छ ।

बाढी आगामी केही घण्टामा मुग्लिन हुँदै तलतर्फ जाने सम्भावना रहेको भन्दै प्रहरीले त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गर्न आग्रह गरेको छ ।

प्रहरीले सूचना जारी गर्दै पृथ्वी राजमार्ग, मुग्लिन–नारायणघाट सडकखण्ड र त्रिशूली नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारका बस्ती तथा बजार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र आवश्यक परे तत्काल क्षेत्र खाली गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै, नदीको बहाव थप बढ्न सक्ने भएकाले त्रिशूली नदी तथा आसपासका क्षेत्रमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न प्रहरीले आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *