गजुरी–बेल्खुमा बाढीमा फसेका दुई जनाको उद्धार
प्रमुख खबर
काठमाडौं। धादिङको गजुरी–बेल्खु क्षेत्रमा बाढीमा फसेका दुई जनाको उद्धार गरिएको छ ।
सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत गजुरी–बेल्खु पुलको घाटमा बाढीमा फसेका दुई जनाको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइएको जानकारी दिएकी थिइन् ।
यसैबीच, धादिङका प्रमुख जिल्ला अधिकारीले ती दुवै जनाको उद्धार भइसकेको जानकारी दिएको लक्ष्मी पाण्डेय गौतमले जनाएकी छन् ।
धादिङमा अहिलेसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभए पनि बाढीले विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
