`

बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र पार्न २० हेलिकप्टर स्ट्यान्डबाइमा, थप १० परिचालन

Nepal One HD ११ भदौ २०८३ ९:२५
समाचार

काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यलाई तीव्रता दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी) मार्फत २० वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।

बिहीबार बिहान साढे ६ बजेदेखि ती हेलिकप्टरलाई ‘स्ट्यान्डबाइ’ राखिएको हो। बाढी प्रभावित क्षेत्र आसपास थप १० वटा हेलिकप्टर यसअघि नै उद्धार तथा राहत कार्यमा परिचालन भइसकेका छन्।

उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय तथा विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानको प्राथमिकता निर्धारण गरिने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *