`

भोटेकोशीको भीषण बाढीमा ५०० भन्दा बढी कन्टेनर बगे

Nepal One HD ११ भदौ २०८३ ९:३७
समाचार

काठमाडौं । भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका कारण रसुवागढी नाका समेत अनिश्चितकालका लागि ठप्प भएको छ। बाढीका कारण चीनबाट नेपाल भित्रिने सयौं कन्टेनर सामान बगेका छन्।

नाका अवरुद्ध हुँदा दशैं–तिहार लक्षित वस्तुको आपूर्तिमा दबाब पर्न सक्ने नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। संघका महासचिव रामचन्द्र पराजुलीले बाढीबाट भएको मानवीय क्षति सबैभन्दा ठूलो विषय भए पनि व्यापारिक हिसाबले समेत ठूलो क्षति पुगेको बताए।

उनका अनुसार नाकामा सामान बोकेका ५०० भन्दा बढी कन्टेनर बगेका छन्।

‘दैनिक उपभोग्य वस्तुदेखि इलेक्ट्रोनिक्स, विद्युतीय सवारी (ईभी) लगायतका विभिन्न सामान कन्टेनरमा थिए,’ उनले भने, ‘यसबाट अर्बौं रुपैयाँ बराबरको क्षति हुन सक्छ।’

पराजुलीका अनुसार बाढीले सीमाक्षेत्रको अवस्था अत्यन्त जटिल बनाएको छ। नेपालमा चीनबाट लत्ताकपडा, फलफूल, विद्युतीय सामानलगायत विभिन्न वस्तु आयात हुने गरेका छन्।

चीनबाट सामान भित्रिने प्रमुख नाकामध्ये रसुवागढी सबैभन्दा ठूलो नाका हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *