`

थप मिनी एक्सकाभेटर जुटेपछि गृहमन्त्री गुरुङले नागरिकलाई दिए धन्यवाद

Nepal One HD १२ भदौ २०८३ ७:४८
बिशेष

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आवश्यक थप मिनी एक्सकाभेटर नागरिकको सक्रिय सहयोगमा जुटेको भन्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गुरुङले उपकरण व्यवस्थापनका लागि सर्वसाधारण तथा सम्बन्धित सबै पक्षले देखाएको तत्परता, सूचना र समन्वय अमूल्य रहेको बताएका हुन्।

‘हामीलाई थप मिनी एक्सकाभेटरहरूको आवश्यकता परेपछि यहाँहरूले दिनुभएको सूचना, तत्परता र सहयोग अमूल्य रह्यो। यहाँहरूकै सहयोगले गर्दा हामीले आवश्यक एक्सकाभेटरहरू भेट्टाइसकेका छौँ,’ उनले लेखेका छन्।

संकट तथा आपतकालीन अवस्थामा नागरिकको सहकार्य नै सबैभन्दा ठूलो शक्ति हुने उल्लेख गर्दै उनले नागरिक एकजुट भएर अघि बढे जुनसुकै चुनौतीको सामना गर्न सकिने बताएका छन्।

‘राज्यका हरेक नागरिक यसरी नै एक भएर लाग्ने हो भने जुनसुकै चुनौतीको सामना गर्न सकिन्छ। यहाँहरूको यो ऐक्यबद्धता र सहयोगका लागि धेरै–धेरै धन्यवाद,’ उनले भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *