`

रसुवा बाढी : ४६९ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता

Nepal One HD १२ भदौ २०८३ ८:४२
बिशेष

रसुवाको भोटेकोशी तथा आसपासका नदीमा आएको भीषण बाढीका कारण हालसम्म ४६९ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीको पछिल्लो अद्यावधिक विवरणअनुसार विपद्मा परेर २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्।

बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत व्यवस्थापनका लागि ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको छ। हालसम्म १ हजार ५४५ जना नागरिक तथा घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ।

फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा १७८, नवलपरासी (पूर्व) मा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी (पश्चिम) मा २७ र रसुवामा १२ जना रहेका छन्।

उद्धार गरिएकामध्ये नुवाकोटबाट ८९८ जना, रसुवाबाट ६४४ जना र धादिङबाट ३ जना रहेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या ८४ पुगेको छ।

प्रहरीका अनुसार बेपत्ताहरूको खोजी कार्यलाई तीव्र बनाइएको छ भने प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत व्यवस्थापनको काम जारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *