`

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार

Nepal One HD १९ भदौ २०८३ ९:२८
समाचार

काठमाडौं । बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङ (टनेल) भित्रबाट दुई जना कर्मचारीको जीवितै उद्धार गरिएको छ । उद्धार टोलीले सुरुङको भग्नावशेष र लेदो पन्छाउँदै भित्र फसेका दुई जनालाई सकुशल बाहिर निकालेको हो ।

जीवितै उद्धार गरिएकाहरूमा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जन रहेका छन् । उद्धारलगत्तै उनीहरूलाई प्रारम्भिक स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि काठमाडौं ल्याइदैँछ ।

आज बिहान मात्रै खोजी तथा उद्धारका क्रममा मानिसको आवाज सुनिएपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोली ले खोज गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *