`

सरकारको विपद् व्यवस्थापनमाथि आचार्यको प्रश्न -‘राहतको अभावमा नागरिक भोकै, सामग्री कुहिएर गन्हाउँदैछ’

Nepal One HD २० भदौ २०८३ ९:३२
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विपद्पछिको राहत वितरण भद्रगोल भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले नदीपारिका नागरिक राहतको अभावमा भोकै बस्नुपर्ने तर नदीवारी राहत सामग्री थन्किएर कुहिने र गन्हाउने अवस्था देखिएको भन्दै राहत वितरणमा प्रभावकारी समन्वय हुन नसकेको बताएका छन्।

आचार्यले सरकारले लागू गरेको भनिएको ‘एकद्वार प्रणाली’ प्रभावकारी रूपमा कार्यान्वयन भएको हो कि स्थानीय तथा प्रदेश सरकारप्रतिको अविश्वासका कारण सबै जिम्मेवारी नेपाली सेनालाई दिइएको हो भन्ने प्रश्न गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन् – नदी पारि जनता भोकै छन्, यता राहत कुहिएर गन्हाइसक्यो! आखिर यो कस्तो व्यवस्थापन हो?
केही गम्भीर प्रश्नहरू:
१. ‘एकद्वार प्रणाली’ साँच्चै प्रभावकारी भएर लागू गरिएको हो, कि स्थानीय र प्रदेश सरकारप्रतिको चरम अविश्वासले गर्दा सबै काम सेनाकै थाप्लोमा थोपरिएको हो?
२. नेपाली सेनाको मुख्य काम विपद्मा ज्यान बचाउने (उद्धार/Rescue) हो कि चामल बाँड्ने (राहत वितरण)?
३. सेनालाई उद्धार कार्यमा मात्रै केन्द्रित हुन दिएर, आम नागरिक, स्थानीय तह र प्रदेश सरकारको समन्वयमा राहत वितरण टोली बनाएको भए यो बिजोग हेर्नुपर्थ्यो र?
सबैलाई आ-आफ्नो जिम्मेवारी नदिने र सिस्टम नबनाउने हो भने सधैं यस्तै नियति भोग्नुपर्ने भयाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *