`

राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन

Nepal One HD २२ भदौ २०८३ २०:२७
अर्थ समाचार

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कअन्तर्गत बैङ्क तथा वित्तीय संस्था नियमन विभागले भदौ २३ गते मङ्गलबार ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थालाई अत्यावश्यक बैङ्किङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

विभागले आज सार्वजनिक सूचना जारी गर्दै रसुवा, नुवाकोटलगायत जिल्लामा भदौ १० गते आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूलाई राहत वितरण, आर्थिक परिचालन तथा उद्धार कार्यमा सघाउ पुर्‍याउने प्रयोजनका लागि राष्ट्र बैङ्कले ‘काउन्टर/बैङ्किङ सेवा’ सञ्चालन गर्ने निर्णय गरेकाले सोही अनुसार बैङ्किङ सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्को भदौ १८ गतेको निर्णयअनुसार भदौ २३ गते जेन्जी सहिद दिवसका अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएकाले उक्त दिन अत्यावश्यक बैङ्किङ सेवा बन्द नगरी नियमित सञ्चालन गर्न विभागले निर्देशन दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *