`

एसियन गेम्स : हङकङका हिमलाई हराउँदै सेमिफाइनल पुगे मिनबहादुर

Nepal One HD ४ असोज २०८३ ११:५९
खेलकुद

काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत करातेमा नेपालका मिनबहादुर तामाङ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

तोयोहाशी जिम्नेसियममा भएको पुरुष कुमिते ६८ केजीमुनिको क्वार्टरफाइनलमा मिनबहादुरले ताजकिस्तानका मिर्जोजोडा मोहम्मदलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन्।

यसअघि हङकङका चाउ का हिमलाई ४–१ ले हराउँदै मिनबहादुर क्वार्टरफाइनलमा पुगेका थिए।

त्यस्तै, फाइनल प्रवेशका लागि मिनबहादुरले कुवेतका शाबान अब्दुल्लाहसँग प्रतिस्पर्धा गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *