`

गोरखामा जिप नालामा खस्दा वृद्धाको मृत्यु, २१ महिनाकी बालिकासहित ७ घाइते

Nepal One HD ४ असोज २०८३ १३:१६
समाचार

गोरखा । गोरखामा जिप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ। दुर्घटनामा २१ महिनाकी बालिकासहित सात जना घाइते भएका छन्।

आइतबार बिहान भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको जिप सिरानचोक गाउँपालिका–२ थालाजुङमा दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार जिप सडकको नालामा खसेर भित्तामा ठोक्किएको थियो। दुर्घटनामा काउलेकी ८१ वर्षीया लालमाया गुरुङको मृत्यु भएको हो।

दुर्घटनामा सिरानचोक–७ का ६८ वर्षीय कमलबहादुर घिमिरे, ४८ वर्षीया सीता पाण्डे, लोकबहादुर खड्का, ७३ वर्षीय कुलबहादुर सार्की र सिरानचोक–६ सिम्लेकी ६८ वर्षीया सीता गुरुङ घाइते भएका छन्।

त्यस्तै सिरानचोक–७ डाँडागाउँकी २७ वर्षीया रेजिना नेपाली र उनकी २१ महिनाकी छोरी रेविका नेपाली पनि घाइते भएका छन्।

दुर्घटनाको कारण खुल्न बाँकी छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *