`

डेल ल्यापटपकाे विक्री बढ्यो

Nepal One HD ४ असोज २०८३ १३:००
विज्ञान-प्रविधि

काठमाडौं । नेपालको लागि डेल ल्यापटपको आधिकारिक विक्रेता म्याक्स इन्टरनेशनलको व्यापार ५२ प्रतिशतले बढेको छ । कम्पनीको कारोबार सन् २०२५ को तुलनामा २०२६ मा ५२ प्रतिशतले बढेको छ ।

कम्पनीले गत आवमा २ अर्ब ६७ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो। साथै, २०२५ मा नोक्सानीमा रहेको यो कम्पनीको गत आवमा नाफा मार्जिन सुधार भई ४.६४ प्रतिशत पुगेको छ ।

कम्पनीले गत आवमा १० करोड रुपैयाँ इक्विटी थप गरेकाले गियरिङ अनुपात मध्मम स्तरमा रहेको रेटिङमा उल्लेख रहेकाे छ ।  

त्त्यस्तै, सन् २००६ मा स्थापना भएको कम्पनीले आईटी क्षेत्र, डेल ल्यापटप र सर्भरको व्यापार गर्दै आएको छ ।

इन्टरप्राइजेज तथा बीटुबी सेवा दिँदै आएको यो कम्पनीसँग मुख्य २५ वटा ओइएम ब्रान्ड र एक हजारभन्दा बढी प्रोडक्टको व्यापार गर्दै आएको छ ।

यो कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १५ करोड ८६ लाख रुपैयाँको रेटिङ गराएको छ । 

कम्पनीले २ करोड ८६ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि बीबी माइनस र १ अर्ब १३ करोड रुपैयाँ अल्पकालीन कर्जाको लागि एफोर रेटिङ प्राप्त गरेको हाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *