`

त्रिपुरेश्वरमा बसमा आगलागी

Nepal One HD ५ असोज २०८३ १२:४१
समाचार

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टपअगाडि गुडिरहेको बसमा आगलागी भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गरेका छन्।

उनका अनुसार आगलागीको कारण र घटनाको विस्तृत विवरण खुलिसकेको छैन।

‘बसमा आगलागी भएको भन्ने खबर आएको छ। किन र कसरी आगलागी भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ,’ सुवेदीले भने।

आगलागीबाट भएको क्षति तथा मानवीय अवस्थाबारे पनि थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *