`

प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किने, परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङ गर्ने

Nepal One HD १० असोज २०८३ १०:०३
बिशेष

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किने भएका छन् ।

महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री शाह शनिबार, असोज १० गते स्वदेश फर्किन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको स्वदेश आगमनसँग सम्बन्धित विषयमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले प्रेस ब्रिफिङ गर्ने भएका छन् ।

मन्त्रालयका अनुसार प्रेस ब्रिफिङ आज अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित विशिष्ट कक्ष (भीआईपी लाउन्ज) को मिडिया कक्षमा हुनेछ ।

सूचना तथा सञ्चार मन्त्रालयको प्रेस तथा सूचना समन्वय शाखाले प्रधानमन्त्रीको आगमनसम्बन्धी प्रेस ब्रिफिङमा सञ्चारमाध्यमका प्रतिनिधिलाई आगमन समयभन्दा कम्तीमा आधा घण्टा अगावै उपस्थित गराउन सूचना तथा प्रसारण विभागलाई अनुरोध गरेको छ ।

प्रेस ब्रिफिङमार्फत प्रधानमन्त्री शाहको अमेरिका भ्रमण तथा संयुक्त राष्ट्रसंघको महासभामा सहभागितासम्बन्धी विषयमा जानकारी गराइने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *