बालेन र रविलाई इंगित गर्दै ज्ञानेन्द्र शाहीको टिप्पणी, ‘जथाभावी पक्राउ होइन, जीबी राईलाई समात’
बिशेष
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारले जीबी राईलाई पक्राउ गर्न नसकेर दुर्गा प्रसाईलाई पक्राउ गरेको भन्दै टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शाहीले सरकारमाथि कटाक्ष गर्दै पक्राउ गर्नुपर्ने व्यक्तिलाई पक्राउ गर्न नसकेर दुर्गा प्रसाईंलाई पक्राउ गरिएको बताएका हुन् ।
‘पूर्वप्रधानन्यायाधीशलाई बिना प्रमाण पक्राउ गर्न नसकेपछि, जीबी राईलाई पक्राउ गर्न नसकेपछि, अब पक्राउको प्यास मेटाउन दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ सरकारले,’ उनले लेखेका छन् ।
शाहीले सरकारको पक्राउसम्बन्धी कदममाथि प्रश्न उठाउँदै दुर्गा प्रसाईंलाई पक्राउ गर्नुभन्दा जीबी राईलाई पक्राउ गर्नुपर्ने आशय व्यक्त गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
