`

बाबुराम भट्टराईको टिप्पणी- ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बनापूर्ण’

Nepal One HD १३ असोज २०८३ ९:३८
बिशेष

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकारले ‘ठूला माछा समात्ने’ प्रकरणमा एकपछि अर्को गर्दै पछि हट्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको बताएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिरसहित सामाजिक सञ्जालमा टिप्पणी गर्दै भट्टराईले लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्ने बताएका छन् ।

‘सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठूला माछा समात्ने प्रकरणहरूमा एकपछि अर्को गरी पछि हट्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण छ ! हो, लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !’ उनले लेखेका छन् ।

उनले न्यायिक प्रणालीमा देखिने असमानतामाथि प्रश्न उठाउँदै कमजोर र विपन्न व्यक्तिले सामान्य अपराध गर्दा तत्काल कारबाही हुने तर पहुँच र स्रोत भएका व्यक्तिले प्रमाण नछाड्ने गरी अपराध गरे प्रमाण नभेटिएर निर्दोष ठहरिने अवस्था रहेको टिप्पणी गरेका छन् ।

भट्टराईले लेखेका छन् -‘शासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठूला माछा समात्ने प्रकरणहरूमा एक पछि अर्को गरी पछि हट्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण छ!

हो, लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ!तर, झुत्रेझाम्रे भोको मान्छेले हतारमा प्रमाण छोडेर बारीको कांक्रो चोर्दा पक्रिएर दण्डित हुने! अनि पेट भरिएको सुकिलामुकिलाले सबुत नछोडिकन भित्ता फोरेर हिरा चोर्दा प्रमाण नभेटिएर निर्दोष ठहर्ने ! हाम्रो यस्तो न्यायिक प्रणालीलाई के गर्ने?

देशलाई व्यवस्थित ढंगले लुट्दै आएका र भविष्यमा पनि लुटिरहने विभिन्न भेषधारी गिरोहलाई पहिले नष्ट नगरी सुशासन र समृद्धिको सही शुरूवात हुन्न है!’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *