सरकारको नयाँ प्रस्ताव : सुत्केरीलाई ६ महिना र पतिलाई ४२ दिन बिदा
जीवनशैली/स्वास्थ्य
काठमाडौं । सरकारले हाल ९८ दिन रहेको सुत्केरी बिदा बढाएर छ महिना पुर्याउने प्रस्ताव अघि बढाएको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्दै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई तलबसहित छ महिनाको सुत्केरी बिदा दिने व्यवस्था प्रस्ताव गरिएको हो।
त्यस्तै, पत्नी सुत्केरी हुँदा पुरुष कर्मचारीलाई ४२ दिनसम्म तलबसहितको स्याहार बिदा दिने प्रस्ताव छ।
स्वास्थ्य विज्ञहरूले छ महिनाको बिदाले आमालाई प्रसूतिपछि आराम, नवजात शिशुको स्याहार तथा पूर्ण स्तनपानका लागि सहज हुने बताएका छन्। प्रतिनिधिसभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सोमबार स्वीकृत गरिसकेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
