`

तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल

Nepal One HD १६ असोज २०८३ २१:३२
राजनीति

तनहुँ। तनहुँ निर्वाचन क्षेत्र नं १ का स्थानीय विकास, सडक तथा पूर्वाधार निर्माणलगायत विकासका विषयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग आज छलफल गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्लास्तरीय नेताहरूले अर्थमन्त्री वाग्लेसँग भेटघाट गरी विकास निर्माणका विषयमा छलफल गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका सचिव अनिल श्रेष्ठले अर्थमन्त्री वाग्लेसँगको भेटमा तनहुँ-१ अन्तर्गतका विभिन्न स्थानीय तहमा आवश्यक देखिएका विकास निर्माणका विषयलाई प्राथमिकताका साथ उठाइएको जानकारी दिनुभयो ।

विशेषगरी सडक तथा यातायात पूर्वाधारको अवस्था, स्थानीयस्तरमा आवश्यक विकास आयोजना, पूर्वाधार निर्माण तथा क्षेत्रको समग्र विकासका लागि आवश्यक बजेट र योजनाका विषयमा छलफल भएको श्रेष्ठले बताउनुभयो ।

क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा योजना छनोट गरी प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्ने विषयमा छलफल भएको उहाँको भनाइ छ । स्थानीयस्तरबाट उठेका विकासका आवश्यकता सम्बन्धित निकायसम्म पुर्‍याउँदै दीर्घकालीन रूपमा प्रभाव पार्ने योजनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको श्रेष्ठले उल्लेख गर्नुभयो ।

श्रेष्ठले भन्नुभयो, “तनहुँ-१ को समग्र विकासका लागि आवश्यक सडक, पूर्वाधार तथा स्थानीय विकासका विषयमा अर्थमन्त्रीज्यूसँग गम्भीर र सकारात्मक छलफल भएको छ । क्षेत्रका वास्तविक आवश्यकता र प्राथमिकताका आधारमा विकास योजनालाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा कुराकानी भएको छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *