देउवाले १५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गराएर नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्।
शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै महतले विशेष अधिवेशनका नाममा पार्टीलाई बिथोल्ने प्रयास गलत भएको बताए। उनले नेता तथा कार्यकर्तालाई आधिकारिक महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गर्दै अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरे।
भ्रममा परेर अर्को अधिवेशनमा सहभागी भएका नेता–कार्यकर्ता आधिकारिक प्रक्रियामा फर्किन थालेको उनको दाबी छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
