बाढीपहिरो प्रभावित परिवारको पुनःस्थापनामा वाईसीएलको पहल, प्रचण्डद्वारा २१ आवास हस्तान्तरण
नेपाली कम्युनिष्ट पार्टी
काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन् ।
संयोजक प्रचण्डले मंगलबार बिहान बेलकोटगढी नगरपालिका–७, महादेवथानमा प्रभावित परिवारलाई दुई कोठा र शौचालयसहितका घरको चाबी हस्तान्तरण गरेका हुन्।
सो अवसरमा संयोजक प्रचण्डले रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आफू पुगेको र आफ्नै उपस्थितिमा प्रभावित परिवारका लागि आवास निर्माण गर्ने घोषणा गरिएको स्मरण गर्दै भवन निर्माणमा खटिएको वाईसीएललाई विशेष धन्यवाद दिएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
