तिब्बती भाषा अध्ययनका लागि भारत लैजाँदै गरिएका २५ बालबालिकाको उद्धार
अपराध
काठमाडौं । तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारतको देहरादुन लैजाँदै गरिएका २५ जना बालबालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार १० वर्षमुनिका ती बालबालिकालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल फर्काएको हो।
उनका अनुसार हुम्लाको सिमकोटका बालबालिकालाई भारतको वनबासास्थित एसएसबी चेकपोस्टबाट नेपाल फर्काइएको थियो। उद्धार गरिएका बालबालिका अहिले इलाका प्रहरी कार्यालय गड्डाचौकीमा छन्। उनीहरूसँग सम्बन्धित घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हुम्लाको सिमकोट गाउँपालिका-८ का ती बालबालिकालाई पञ्चविर बुढाले भारत लैजाँदै थिए।
साथै, घटनाबारे कञ्चनपुर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
