सुदूरपश्चिमको लगातार विकेट पतन, ५.१ ओभरमा ३३ रन बनाउँदा ४ विकेट आउट
खेलकुद
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले ५.१ ओभरमा ४ विकेट गुमाएर ३३ रन बनाएको छ।
सुदूरपश्चिमले तेस्रो विकेटका रूपमा ब्रान्डन म्याकमुलेनलाई गुमाएको हो। लुम्बिनीका किशोर महतोले म्याकमुलेनलाई २ रनमा बोल्ड गरेका हुन्। यसअघि विनोद भण्डारी ९ रनमा शेर मल्लको बलमा एलबीडब्ल्यू आउट भएका थिए भने आरिफ शेख ६ बलमा खाता नखोली आउट भएका थिए। उनलाई किशोर महतोको बलमा साड्ली भान साल्कविकले क्याच आउट गराएका थिए।
हाल क्रिजमा सैफ जैब १२ बलमा १३ रन र कप्तान दीपेन्द्रसिंह ऐरी ३ बलमा ५ रन बनाएर खेलिरहेका छन्। सुदूरपश्चिमले अतिरिक्तबाट ४ रन जोडेको छ।
लुम्बिनीका किशोर महतोले २ विकेट लिएका छन् भने शेर मल्लले १ विकेट हात पारेका छन्। टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। खेल जारी छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
