हिमपात र हिमपहिरोको जोखिम: कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रमुख खबर
काठमाडौं । भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेपछि सरकारले कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ।
अध्यागमन विभागले मंगलबार सूचना जारी गर्दै उक्त अवधिमा पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र पदयात्रामा निस्किसकेकालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनीपछि विभागले जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरेको जनाएको छ। साथै, निषेधित क्षेत्रमा जाने पदयात्रा अनुमति पनि उक्त अवधिका लागि जारी नगरिने भएको छ।
विभागले ट्रेकिङ एजेन्सी, पदयात्री र गाइडलाई सूचनाको पालना गरी सुरक्षित रहन आग्रह गरेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
