`

समय र अनुकूलता मिले एनपीएल हेर्न रंगशाला जाने ओलीको भनाइ

Nepal One HD ११ कार्तिक २०८३ १८:३७
नेकपा एमाले

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समय र अनुकूलता मिले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत भइरहेका क्रिकेट खेल हेर्न रंगशाला जाने बताएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलका खेल प्रत्यक्ष रूपमा हेर्न जाने विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा ओलीले समय मिलाएर जानेबारे विचार गर्ने बताएका हुन्।

मंगलबार मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले आफू अहिले नै रंगशाला जाने निश्चित नभएको स्पष्ट पारे। उनले आफ्नो व्यस्तता र समयको अनुकूलता हेरेर निर्णय लिने संकेत गरेका छन्।

रंगशालामा जारी एनपीएलका खेल हेर्न कहिले जाने भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, ‘समय मिलाएर विचार गर्नुपर्छ। अहिले नै भन्न सकिन्न, मौका मिले जाने हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *