`

जेनजी आन्दोलनमा नख्खुबाट रविसँगै भागेका कैदी समातिए

Nepal One HD १२ कार्तिक २०८३ १२:१८
समाचार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगै फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २३ वर्षीय निखिल नेपाली रहेका छन्। प्रहरी वृत्त बालाजुको टोलीले उनलाई पक्राउ गरेको हो।

सवारी ज्यानसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेपछि नेपाली नख्खु कारागारमा रहेका थिए। जेनजी आन्दोलनका बेला उनी कारागारबाट फरार भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका नेपालीलाई आवश्यक प्रक्रिया पूरा गरी पुनः नख्खु कारागार पठाइएको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *