एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
खेलकुद
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले ४ विकेट गुमाएर पूरा गर्यो।
सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५१ रन बनाए। उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पुनरागमन गरेको हो। पोखराले भने प्रतियोगिताको पहिलो खेलमै हार बेहोरेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
