`

नागढुंगा सुरुङमार्ग हुँदै आजदेखि गाडी सरर, गाडीलाई ताेकियाे शुल्क

Nepal One HD १६ कार्तिक २०८३ ९:३५
प्रमुख खबर

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि नयाँ शुल्क निर्धारण गरी आजदेखि लागू गरेको जनाएको छ।

सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सवारीसाधनको वर्ग र यात्राको दिशाका आधारमा फरक–फरक शुल्क तोकिएको हो।निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यसैगरी, मिनी बस तथा मिनी टिपर/ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

त्यस्तै, बस तथा सिंगल रियर एक्सल भएका ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौं बाहिरिने क्रममा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। मल्टी एक्सल ट्रक, सवारीसाधन तथा भारी उपकरणका हकमा भने काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौं बाहिरिँदा २५० रुपैयाँ शुल्क तोकिएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *